परिवर्तन

नयाँ साथी, नयाँ ज्ञान र गर्नुपर्ने नयाँ काम — असङ्ख्य महिलाका लागि महिला विकास कार्यक्रममा सहभागिताको अर्थ जीवनयापनको नौलो तरिका हुन्छ । महिलाको अवस्था सुध्रिन ज्यादा समय लाग्ने हुँदैन, जसले अवस्थितिमा पनि फरक पार्दछ । बेरबेरै प्रलेख गरिएका केही परिवर्तनहरू देहायबमोजिम छन् :

अवस्था (Condition) अवस्थिति (Position)

लैङ्गिक समता

  • खानेकुरा, लुगाफाटो, शिक्षा—दीक्षामा छोराछोरीबीचको भेदभाव न्यूनीकरण
  • ‘छोरा नै चाहिन्छ’ भन्ने धारणामा प्रश्न
  • घरायसी काममा पुरुषको मद्दत
  • सामाजिक कार्यमा महिला सहभागितामा सम्मति

 महिलाको सामाजिक मर्यादा स्तरोन्नति

प्रजनन स्वस्थता

  • समस्याको रोकथाम, पहिचान, निदान
  • मातृ—शिशु खोप
  • मातृ—शिशु पोषणमा सुधार
  • उपचार तत्परता, आकस्मिक कोषको व्यवस्थालगायतले मातृ—सुरक्षा

 प्रजनन स्वास्थ्य सेवाको माग सिर्जना एवं विस्तारमा सहकार्य

जीवनोपयोगी शिक्षा

  • आधारभूत, विषयगत, नेतृत्व विकास तालिमले गर्दा महिलामा आत्मविश्वास
  • घरेलु हिंसाका घटनामा कटौती
  • घरेलु हिंसाका घटना प्रतिवेदनमा बढौती
  • पुरुष—अधिनस्थता एवं जोखिमावस्था (Vulnerability) मा सुधार

 आफ्नो अनि आफूजस्ता अरूको जीवनलार्इ वैभवशाली बनाउने महिलाको अभिकार्य (Agency)

 

पुगीसरी सम्पन्नता

  • सीप तथा व्यावसायिकता विकास, व्यवसाय स्थापना खर्च एवं बीउपुँजी टेवाबाट जीविकोपार्जनका वैकल्पिक अवसर सिर्जना
  • बचत परिचालनबाट आर्थिक सुरक्षाको अनुभूति

आयगरिबीको अन्त्यका लागि महिला अग्रसरता

 

संस्थागत सहभागिता 

  • साझा जिम्मेवारी, फरक भूमिका, सेवा प्रदायकहरूमा पहुँच
  • स्वावलम्बन र पारस्परिकताको जागरण                          

समूहभाव (Binding) र सम्बन्धनभाव (Bridging) दुवैथरी सामाजिक पुँजी     -Social capital) मा बढोत्तरी